सिटीको जितमा हल्यान्डको दुई गोल
ekantipur.com · Mon Aug 08 00:36:45 GMT 2022
लन्डन — इर्लिङ हल्यान्डले लिग डेब्युमा गरेको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामलाई २–० गोलअन्तरले पारजित गरेको छ । योसँगै सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा अभियानमा विजयी सुरुआत लिएको छ ।
पहिलो लिग खेल खेल्ने क्रममा बोरुसिया डर्टमुन्ड फुटबलबाट सिटी आएपछि हल्यान्डले आफ्नो प्रतिष्ठाअनुसार खेल खेले । नर्वेली खेलाडी सर्जियो अगुएरोले क्लब छाडेयता उनको स्थान लिन हल्यान्ड सिटीसँग अनुबन्धि भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)