मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा प्रचण्डमाथि प्रश्नै प्रश्न, पार्टीको संकटदेखि दलको नेतासम्मको बहस

barnanmedia.com · Wed Aug 28 22:09:06 UTC 2024

माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा पनि नेतृत्व परिवर्तनको बहस सुन्नु परेको छ । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका उनलाई केही केन्द्रीय सदस्यहरूले नेतृत्व परिवर्तनको बहस सुरु गर्नु पर्ने बताए ।

आज २५ जनाले आफ्नो धारणा राखेका थिए । तीमध्ये अधिकांशले अहिले प्रचण्डकै नीति र नेतृत्वको आवश्यकता रहेको बताए पनि केही केन्द्रीय सदस्यहरूले पार्टी निर्माणको लागि नेतृत्व परिवर्तनको बहसमा छलफल गर्नु पर्ने बताएका थिए । आज पार्टी कमजोर हुनुको कारणबारे पनि खोजी हुनुपर्ने नेताहरूले बताए ।माओवादी कमजोर आस्थामा पुग्दै गएको हुँदा अहिले नेतृत्व परिवर्तनको बहस उपयुक्त रहेको टेकेन्द्र भट्टले बताएका थिए । त्यस्तै दीपक साउदले पनि उपमहासचिव जनार्दन शर्माले उठाएको विषय उपयुक्त रहेको टिप्पणी गरेका थिए । मञ्जु बमले पनि त्यस्तै धारणा व्यक्त गरेकी थिइन् ।‘सीमित व्यक्ति र समूहले लाभ लिन थाले नेतृत्व परिवर्तनको बहस सुरु गर्ने कुरा नराम्रो होइन’, उनले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)