गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर…
nepallive.com · Wed Oct 26 01:34:00 GMT 2022
वन्डरफुल गाइज (पंतिकारसहितका केटाहरुको समूह)ले यस वर्षको दशैं बिदाको गन्तव्य मनाङ, तिलिचो ताल तय गरिसकेका थियौं। अघिल्लो दशैंमा अपर मुस्ताङ (नेपाल–चीन कोरला नाका) पुगेर फर्किएपछि को लामो यात्रा तिलिचोका लागि तय भएको थियो।
८ जनामध्ये २ जनाको तिलिचो यात्रा धर्मराउँदो नै थियो, पारिवारिक कारणले। अरु भने परिवारमा हल्का म्यानेज गरेर निस्किने सुरमा थियौं। सपिङ पनि भइसकेको थियो। ट्राउजर, ज्याकेट, ट्रेकिङ सुज (जुत्ता), ट्रेकिङ पोल (लौरो) किनिसकेपछि निर्धक्कजस्तै थिए सबैजना।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)