चितवनमा हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु
nepalviews.com · Sun Jul 05 01:26:20 GMT 2026

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी आमा र छोराको ज्यान गएको छ। भरतपुर महानगरपालिका–२३ स्थित बेलहट्टामा शनिबार राति हात्तीले आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार मृत्यु हुनेमा स्थानीय २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत रहेका छन्। शनिबार राति आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा जङ्गली हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)