अब भरतपुर अस्पतालका ४ सय शय्यामा बिरामीले पैसा तिर्न नपर्ने
shilapatra.com · Sat Aug 19 00:26:00 GMT 2023
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले हिजाेदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।
अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)