नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो
Ujyaaloonline.com · Fri Jan 12 00:50:46 GMT 2024
काठमाण्डाै - नेपालको १९ वर्षमुनिको टोलीले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।
जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)