मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा २२ वटा पर्यटन पूर्वाधार योजना सम्पन्न

barnanmedia.com · Wed Aug 28 23:20:32 UTC 2024

सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले गत आवमा प्रदेश पर्यटन पूर्वाधार निर्माणका २० र सङ्घतर्फका दुई गरी २२ वटा योजना सम्पन्न भएका हुन् ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख डबलबहादुर बोहराले प्रदेशभर पहिचान भएका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विनियोजन गरिएको कूल रु चार करोड दुई लाख २० हजारमध्ये रु तीन करोड ६८ लाख ८१ हजार र सङ्घ शसर्तको रु २५ लाखमा रु २४ लाख खर्च भएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)