जोय फाउन्डेसनद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरणमा सहजीकरण
nayapatrikadaily.com · Sat Jun 05 23:57:00 GMT 2021
नेपालका विभिन्न सरकारी अस्पतालमा सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्न जोय फाउन्डेसनले सहजीकरण गरको छ । ती अक्सिजन कन्सन्ट्रेटर ताइवान युएम च्यारिटेबल फाउन्डेसन÷ताइवान युएम बुद्धिस्ट सोसाइटीका तर्फबाट मिलारेपा मेडिटेसन सेन्टर साँखुले हस्तान्तरण गरेको हो ।
ती सामग्री चीनबाट ढुवानी गरेर नेपाल ल्याउने काम जोय फाउन्डेसनले गरेको थियो । यी अक्सिजन कन्सन्टे«टर सरकारी अस्पताल तथा स्वास्थ्य चौकी र अन्य संघसंस्थालाई आवश्यकताका आधारमा वितरण गरिने जोय फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले बताए । यसबाट अक्सिजन अभाव भइरहेको अहिलेको अवस्थामा पूर्ति गर्न सहयोग पुग्ने र धेरैभन्दा धेरै जनताको जीवन रक्षा हुने फाउन्डेसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)