इरानले अमेरिका–इजरायल हमलामा मारिएका पूर्वसर्वाेच्च नेता खामेनेईको कसरी गर्दै छ अन्त्येष्टि ?
shilapatra.com · Sun Jul 05 01:15:00 GMT 2026

इरानका पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम चलिरहेको छ । ८६ वर्षीय खामेनेईलाई गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएको समयमा हवाई आक्रमणमा मारिएको थियो । उनले करिब ३७ वर्षसम्म इरानमा सर्वोच्च शक्ति प्रयोग गर्दै शासन गरेका थिए ।
तेहरानको ग्रान्ड मोसल्ला परिसर र अन्य भिडभाड स्थलहरूमा रातो झण्डा, धार्मिक नारा र ‘हामी उठ्नेछौं’ भन्ने आधिकारिक नारासहितका प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हजारौँ मानिसहरू शनिबार बिहानैदेखि अन्त्येष्टिस्थलमा भेला भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)