मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिंसा कि जनयुद्ध ? एमाले-माओवादी चर्काचर्की

ekantipur.com · Wed Aug 28 23:45:44 UTC 2024

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको कारकका रूपमा माओवादीलाई औंल्याएपछि संसद् बैठकमा वाद–प्रतिवाद चलेको हो ।

सांसद भट्टराईले ‘माओवादी हिंसाका कारण’ विद्युत् क्षेत्रमा चाहेजस्तो प्रगति हुन नसकेको अध्ययनले देखाएको बताएका थिए । ‘यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्मा योभन्दा ठूलो क्रान्ति हुन्थ्यो, २०६५ सालमै मुलुक लोडसेडिङमुक्त हुने थियो,’ उनले भनेका थिए, ‘माओवादीले कति वटा ट्रान्समिसन लाइन पड्कायो ? कति वटा सब–स्टेसन ? विद्युत् उत्पादन गर्न खोलामा गएका व्यवसायीसँग चन्दा उठायो । असुरक्षाका कारणले लगानी हुन सकेन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)