६ सहकारीका पीडितले प्रधानमन्त्री र गृहमन्त्री भेटे : जीबी, रवि र छविमाथि अनुसन्धान गर्न माग
ekantipur.com · Wed Aug 28 23:54:56 UTC 2024

चितवन — सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान र कारबाही माग गर्दै ६ वटा सहकारीका पीडितले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । राई नै सञ्चालक रहेका ती सहकारीबाट ८ अर्ब रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ ।
काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, वीरगन्जको सानोपाइला र नेपालगन्जको समानता सहकारीका पीडितले प्रधानमन्त्री र गृहमन्त्रीलाई बुधबार संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)