भुटानले रच्यो इतिहास
ekantipur.com · Sat Sep 10 01:22:41 GMT 2022
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १२ वर्षको इतिहासमा पहिलो जित । पहिलोपल्ट एउटै खेलमा एक गोलभन्दा बढी गरेको । विपक्षीलाई गोल गर्न नदिएर ‘क्लिन–सिट’ राखेको पनि पहिलो । यी यस्तै कीर्तिमानको ओइरो लगाउँदै भुटानी महिला राष्ट्रिय फुटबल टिम दशरथ रंगशालामा शुक्रबार श्रीलंकामाथि ५–० को ऐतिहासिक जित रच्दै पहिलोपल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।
‘अन्तर्राष्ट्रिय सहभागितामा पहिलो जित हात पारेका छौं । इतिहास कोरेका छौं । हाम्रो लागि यो धेरै ठूलो उपलब्धि हो,’ प्लेयर अफ द म्याचको अवार्ड हात पारेकी भुटानी मिडफिल्डर सुनीता राईले भनिन् । साफ महिला च्याम्पियनसिप सन् २०१० मा कक्सबजार (बंगलादेश) बाट सुरु भएको थियो । त्यही पहिलो संस्करणबाट भुटानी महिला टिमले अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको थियो । अघिल्ला पाँचै संस्करणमा सहभागी भुटानले १४ खेलमध्ये १३ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । पहिलो संस्करणमा श्रीलंकाविरुद्ध १–१ को नतिजा नै भुटानको सबैभन्दा ठूलो उपलब्धि थियो । त्यसैले साफमा १६ औं खेलमा आएर भुटानले पहिलो जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)