भारतीय प्रधानमन्त्रीको मोदीको ट्वीट र महाकालीमा हराएको नेपाली स्वाभिमान (भिडियो)
news24nepal.tv · Mon Aug 02 01:10:11 GMT 2021
काठमाडों । अविवेकी र अमानवीय हर्कत मात्र नभइ अत्याचारले पनि कहिले कहिले पराकाष्ठा नाघ्छ नेपाल र भारतबीचको सीमामा हुने नेपालीमाथिको दुव्र्यवहारले । स्वाभिमान भूगोल र क्षेत्रफलको आधारमा ठूलो र सानो हुन्छ भन्ने भ्रम र अहम पालेर सीमा क्षेत्रमा रखबारी गर्न आइपुग्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका ज्यादतिले सीमा नाघ्दा नेपाली प्रताडित नभएको ठाउँ नै छैन ।
अत्याचारले पराकाष्ठा नाघ्दा शुक्रबार महाकाली नदीको उर्लदो भेलमा जयसिंह धामी बगेर वेपत्ता भए । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो भएर सदरमुकाम जान खोज्दा एसएसबीले तुइनको लठ्ठा फुस्काइदिए पछि ३३ वर्षीय जयसिंह धामी महाकालीमा विलिन बने । तर भारतीय पक्षले एसएसबीले तुइनको तार नकाटेको र नफुकालेको दावी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)