मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्मी र ग्रान्डीलाई नखिपोट बास्केटबल उपाधि

onlinekhabar.com · Sat Jun 13 15:50:20 GMT 2026

३० जेठ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ग्रान्डी महिलामा च्याम्पियन बने ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले आईआईएमएस कीर्तिपुरलाई ८३–७८ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । आर्मीका प्रज्ज्वल महर्जनले २२ अंक जोडे ।

पहिलो क्वाटरमा २०–१४ को अग्रता लिएको आर्मी दोश्रोमा २४–२५ को झीनोअन्तरले पछि प¥यो । तेश्रोमा आर्मीले पुनः अग्रता लिने क्रममा १९–१५ स्कोर ग¥यो । चौथो क्वाटरमा कीर्तिपुर २४–२० ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए ।

महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बूढानीलकण्ठलाई ६७–३४ ले हरायो । ग्रान्डीकी रिन्चेन मोक्तानले २० स्कोर गरिन् । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः २१–१०, १६–८, २१–९ र ९–७ को प्रदर्शन ग¥यो । पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पारे ।

पुरुषमा आर्मीका रविन खत्री तथा महिलामा ग्रान्डीकी रिन्चेन मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान २०–२० हजार नगद पुरस्कार जिते । पुरुषमा आर्मीका सयुन राई तथा महिलामा बूढानीलकण्ठकी उर्जा राना मगर उदीयमान खेलाडी चुनिए । दुवैलाई जनही १० हजार नगदबाट पुरस्कृत गरियो ।

विजेतालाई मुख्य प्रायोजक ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

जेठ २४ गतेदेखि सुरु प्रतियोगताको पुरुषमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन् । पुरुषमा मोसफलबाट २ सहभागी थिए ।

मोफसलबाट पहिलोपटक टिम सहभागी भएको हो । दुवै टिम धरानका थिए । महिलामा ६ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय