बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते
nayapatrikadaily.com · Sun Oct 09 00:31:00 GMT 2022
अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
शनिबार जुम्लामा पहिरोमा परेर सातजनाले ज्यान गुमाएका छन् । कनकासुन्दरी गाउँपालिका– ५ बारकोटेवाडामा पहिरोका कारण स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, छोरा रमेश, बुहारी पानसरा शाही, रमेशका आठ वर्षीय छोरा अनमल र छोरी मिलन तथा छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)