मोरक्कोलाई ठूलो धक्का: स्टार मिडफिल्डर इस्माइल साइबारी घाइते, विश्वकप यात्रा संकटमा
kalakarmi.com · Sun Jul 05 01:44:42 GMT 2026
काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत गए राति खेलिएको खेलमा मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाए पनि टोलीका प्रमुख मिडफिल्डर स्माइल साइबरी घाइते भएपछि समर्थक र टोली दुवै चिन्तित बनेका छन् ।
हालैमात्र जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध भएका २५ वर्षीय साइबारी क्यानडाविरुद्धको अन्तिम १६ को खेलमा पहिलो हाफकै २०औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । दायाँ तिघ्रामा समस्या देखिएपछि उनले पटक–पटक दुखाइ महसुस गरेका थिए र अन्ततः खेललाई निरन्तरता दिन नसकेपछि आँखा रसाएका अवस्थामा मैदानबाट बाहिरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)