लखनउलाई हराउँदै गुजरातको सुखद सुरुवात
pahilopost.com · Mon Mar 28 18:02:17 GMT 2022
इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्टलाई हराउँदै सुखद सुरुवात गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)