राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
setopati.com · Tue Jul 11 01:03:00 GMT 2023
संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)