उपेन्द्र पक्षलाई महन्थ पक्षकाे आरोप– राजनीतिक आवरणमा जनतालाई धोका दिने काम गरे
baahrakhari.com · Tue Jun 01 13:53:00 GMT 2021
जनता समाजवादी पार्टी, नेपाललेका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई व्यक्तिगत महत्वाकांक्षाको लागि राजनीतिक आवरणमा जनतालाई धोका दिने कार्य गरेको आरोप लगाएको छ । आज अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै यादव सरकारमा रहँदा बनाउन नसकेको संविधान संशोधन कार्यद बनेको पनि बताएका छन् ।
“नागरिकता सन्दर्भमा संविधान जारी भएको मिति देखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरीकता पाइरहेका थिएनन जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्र जीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसले गर्दा परिणमहरु पनि देखिने छ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भैरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिको दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षाको लागि राजनीतिक आवरण दिई फेरी जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । अहिले हामिले माग मुद्दा सम्बोधन गराउदा पनि न्वारन देखिको बल लगाई हाम्रो बारेमा भ्रम छर्न प्रयासरत छन् तर आम नागरीक यसबाट सचेत छन्,”विज्ञप्तिमा भनिएको त ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)