बुढासुब्बा गोल्डकप : मोरङ सेमिफाइनलमा
ekantipur.com · Tue Feb 28 16:45:57 GMT 2023
सुनसरी — टाइब्रेकरमा सफलता प्राप्त गर्दै मोरङ मंगलबार बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । जिल्ला फुटबल संघ मोरङले पाहुना टिम बंगलादेशको काउरन बजार प्रगति संघ (केवीपीएस) लाई टाइब्रेकरमा ३–१ ले हराएको हो । निर्धारित ९० मिनेट गोलरहित टुंगिएपछि खेल टाइब्रेकरमा पुग्यो ।
भद्रपुर झापा गोल्डकपमा एपीएफसँग शनिबार सडनडेथमा पराजित बंगलादेशी टिमका लागि टाइब्रेकरमा खोका बाबुले मात्र एक गोल गरे । फोरिड, सागोर र साहिलको प्रहार मोरङका गोलरक्षक रामजय गच्छदारले रोकेका थिए । उनी नै म्यान अफ द म्याच भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)