दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’
nayapatrikadaily.com · Mon Jan 02 00:38:00 GMT 2023
विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ताका कारण दैनिक यति धेरै एनओसी आवेदन रिजेक्ट हुने गरेका हुन् ।
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार शैक्षिक परामर्श केन्द्रले एउटा विद्यार्थीको डकुमेन्ट (नागरिकता, सर्टिफिकेटलगायत) अर्कोको आवेदनमा राखिदिने, पूरा कागजात नराख्ने (मेडिकल अध्ययनका लागि आवश्यक अनुमति नै नलिने) तथा कोर्सको अवधि कम हुने गरेका कारण एनओसीको आवेदन रिजेक्ट हुने गरेको बताए । ‘विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ,’ प्रमुख वस्तीले भने, ‘किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)