मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

annapurnapost.com · Mon May 08 00:34:13 GMT 2023

झापा : झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु भएको हो।

घटना बैशाख ८ गते बेलुका घटेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार घरायसी विवादको क्रममा सुनिताले उनका श्रीमानलाई फलामको रड प्रहार गरी सख्त घाइते भएका थिए। उनको आइतबार बिहान घरमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)