युराेपमा पेट्राेलबाट चल्ने कार हटाउनेदेखि हवाई इन्धनमा थप कर लगाउनेसम्मकाे प्रस्ताव तयार
Ujyaaloonline.com · Thu Jul 15 00:53:44 GMT 2021
काठमाण्डाै - जलवायु परिवर्तनलाई घटाउन लागि युरापेली युनियनले २० वर्षे प्रस्ताव तयार पारेको छ । सन् २०५० सम्म कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना अनुसार युनियनले दर्जनौँ कार्यक्रमसहितको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । यो प्रस्ताव युरोपेली युनियनको संसदले पास गरेपछि लागू हुनेछ ।
हवाई इन्धनमा कर लगाउनेदेखि अबको २० वर्षमा डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउनेसम्मका योजना प्रस्तावमा समेटिएको छ । यस्तै युरोपभरि नवीकरणीय उर्जाको प्रयोग, अनावश्यक र प्रदूषणजन्य उद्योग बन्द, वातावरणमा तापक्रम बढाउने गतिविधिमा कमी लगायतका कार्यक्रम पनि प्रस्तावमा उल्लेख छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)