कार्यालय मात्र सर्ने कि बैठक पनि गर्ने ?
janaaastha.com · Wed Mar 24 17:15:08 GMT 2021
पार्टीका अधिकांश गतिविधि बालुवाटारबाटै सञ्चालन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले पार्टी मुख्यालय फेर्ने भएको छ । धुम्बाराहीस्थित मुख्यालय चक्रपथ विस्तारमा पर्ने भएपछि थापाथली सार्न लागिएको हो ।
बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने गरी थापाथलीस्थित सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा कार्यालय सार्न लागिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । आजै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गर्नुभएको छ । उक्त भवन व्यापारी सञ्जय अग्रवालको नाममा छ । अग्रवाल प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्त भएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)