कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर
annapurnapost.com · Wed Mar 01 00:55:03 GMT 2023
काठमाडौं : कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्। भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको सम्बन्धी भ्रष्टाचार मुद्दामा गुरुङसहित नौ जनालाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो।
यस्तै, कसुरदार ठहरिनेमा तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने पनि छन्। उनी समाजकल्याण परिषद्का तत्कालीन अध्यक्षसमेत हुन्। उनी चुरेभावर पार्टीबाट मन्त्री बनेका थिए। नेकपा हुँदै एमालेमा गएका न्यौपाने उक्त पार्टीबाट पनि बाहिरिइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)