नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा
barnanmedia.com · Sat May 31 21:48:16 GMT 2025

व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट पहिलो चरणमा कास्की र तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माणका लागि छनोट गरेको थियो । एकैसाथ निर्माणकार्य थालेको कास्कीको नमूना अस्पताल निर्माण सम्पन्नपछि सेवा प्रवाह दिन थालिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)