‘चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन’
barnanmedia.com · Sat May 31 21:50:04 GMT 2025

काठमाडौँ, १८ जेठः चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ । पछिल्लो समय चलचित्रलाई ‘सफ्ट पावर’ पनि गरिन्छ, जसले हाम्रो सोचसँगै भाष्य निर्माणमा सुक्ष्म तरिकाले काम गरिरहेको हुन्छ ।
‘टल्कजङ्ग भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’ जस्ता चलचित्रमा काम गरेपछि आफ्नो बेग्लै पहिचान बनाउनुभएका अभिनेता खगेन्द्र लामिछानेले चलचित्र प्रभावलाई आफैँले महसुस गरेको बताउनुभयो । “मेरो परिवारमा एक सदस्य हुनहुन्छ, जसले दक्षिण कोरियामा बनेका चलचित्र हेर्नुहुन्छ । उहाँ कोरिया जानुभएको छैन, तर भाषा आउँछ, उहाँको वेशभूषामा पनि कोरियन शैली झल्किन्छ । यो सब चलचित्रकै प्रभाव हो । त्यसकारण चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन, यसले कला, संस्कृति, भाषाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ”, अभिनेता लामिछानेले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)