भूमि आयोगद्वारा कञ्चनपुरमा नापी सुरु
barnanmedia.com · Sat May 31 22:01:21 GMT 2025

भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ ।
आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ । नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन्भने स्थानीय पालिकाका २७ जना अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उहाँले बताउनुभयो । “हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ”, आयोगका अध्यक्ष पन्तले भन्नुभयो, “यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ ।” उहाँले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताउनुभयो । उहाँले यसअघि विघटन भएको आयोगले चार हजार ६५ वटा सेतो लालपूर्जा बनेको बताउनुभयो । “असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको अधूरो काम पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)