मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको सचिवालय बैठक बस्दै

lokaantar.com · Fri Dec 09 22:36:37 GMT 2022

नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको हो । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठक बिहान ११ बजे बस्ने उनको भनाइ छ । निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने सदस्यहरूको नामावली उपलब्ध गराउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)