रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
barnanmedia.com · Sat May 31 22:20:07 GMT 2025

रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।
सुमीको प्रशासनले भनेको छ, ‘सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।’ रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)