मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिल ४-० ले अगाडि, दक्षिण कोरिया निरीह

annapurnapost.com · Mon Dec 05 19:35:00 GMT 2022

दोहा ः पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत दक्षिण कोरियाविरुद्धको पहिलो हाफमा ४–० को अग्रता लिएको छ।

एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो। राफिन्हाले दायाँ तर्फबाट गरेको क्रसमा रिचार्लिसन र नेइमारले ट्याप इन गर्न नसक्दा बायाँतर्फ अन्मार्क्ड रहेका भिनिसियस जुनियरको खुट्टामा बल पुगेको थियो। भिनिसियस पेनाल्टी एरिया भित्रबाट सहज प्रहार गर्दै ब्राजिलको खाता खोलेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)