आइपिएलमा कोलकाताले बैंग्लोरलाई हरायो
farakdhar.com · Thu Apr 27 00:47:30 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २१ रनले हरायो ।
बैंग्लोरले भने घरेलु मैदानमा हार बेहोर्यो । आफ्नो आठौँ खेलमा कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)