मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकोमा नाट्टाको असन्तुष्टि

barnanmedia.com · Sat May 31 22:43:44 GMT 2025

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज विज्ञप्ति जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

‘दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)