नेपाली सेनाले महाकाली नदी किनारामा तटबन्ध निर्माण गरिदै
barnanmedia.com · Sat May 31 22:48:30 GMT 2025

नेपाली सेनाले महाकाली नदी किनारामा तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । जेठ ६ गतेको मन्त्रीपरिषद्को निर्णयबमोजिम जेठ ९ देखि नेपाली सेनाले महाकाली नदीमा तटबन्ध निर्माणको काम अगाडि बढाएको हो ।
जेठ ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले नवनिर्मित चार लेनको महाकाली पुलआसपास महाकाली नदीको बिचभागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्ने तथा बाढीजन्य विपत् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णयसँगै सेनाले दु्रत गतिमा तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । महाकाली नदीमा तटबन्ध निर्माणका लागि हाल सेनाका विभिन्न कार्यालयबाट तीन सय सैनिक खटिएका छन् । २०८१ सालमा आएको बाढीले भीमदत्त नगरपालिकास्थित भुजेलमा बाँध भत्काउँदा बस्ती डुबानमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)