मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

baahrakhari.com · Sun Apr 25 01:02:00 GMT 2021

वागग्मती । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौंडास्थित हेटौंडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो ।

सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)