पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
annapurnapost.com · Wed Nov 30 20:43:00 GMT 2022
दोहा: समूह 'सी'को अन्तिम खेलमा पोल्यान्डलाई २-० को नतिजामा पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। बुधबार राति 974 रंगशालामा पोल्यान्डविरुद्ध कम्तिमा बराबरीको दबाबसहित मैदानमा उत्रिएको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
पहिलो खेलमा साउदी अरबसँग २-१ गोलको नतिजामा पराजित हुँदै विश्वकपको सुरुआत गरेको अर्जेन्टिनाले त्यसपछिका दुई खेलमा जितसहित समूह 'सी'को विजेताको हैसियतमा प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)