मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए कांग्रेसलाई सरकार बनाउन बाटो खुल्ने

Ujyaaloonline.com · Thu Feb 09 01:06:57 GMT 2023

काठमाण्डाै - नागरिक उन्मुक्ति पार्टीको अडान कायमै रहेकाले सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै सङ्कटमा परेको छ । मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत लिन आज बेलुकी ५ बजेसम्मको समय छ। उहाँले आज विश्वासको मत लिन नसकेमा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)