मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पधा

rajdhanidaily.com · Fri Apr 15 23:19:09 GMT 2022

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आबद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् ।

सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)