राधाकृष्ण रथयात्राको उल्लास
gorkhapatraonline.com · Fri Sep 08 06:45:10 GMT 2023
विराटनगर समाचारदाता
विराटनगर, भदौ २२ गते । श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ः३० बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो । रथयात्रामा सहभागी हुन विगतमा जस्तै यस पटक पनि हजारौँ श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)