मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वनबाट धन

annapurnapost.com · Wed Mar 16 05:44:00 GMT 2022

वनजंगल बढाउनु र बढ्नु त्यसै पनि फाइदाजनक हो। वातावरणलाई यसले असल योगदान पुर्‍याउँछ। वन बढ्यो भने भूक्षय रोकिन्छ। वातावरण स्वच्छ र सफा हुन्छ। मानव जीवन धान्ने प्राणवायु अर्थात् अक्सिजनको मात्रा वृद्धि हुन्छ। वनजंगलका स्रोतहरूमा आश्रित थुप्रै उद्यमधन्दा पनि छन्। कृषि तथा पशुपालन व्यवसायसँग पनि यसको सोझो सम्बन्ध छ। नेपालले प्राकृतिक र ऐतिहासिक सम्पदामा जति गर्व गर्छ, आफैंले गरेको विकासका क्षेत्रमा गर्व गर्न लायक यहाँको वनजंगल हो। नेपालको वन संरक्षण र वृद्धिमा अपनाइएको सामुदायिक वनको व्यवस्थापन विश्वमा पेस गर्न लायक नमुना हो। झन् त्यसमाथि वनजंगलको वृद्धिबाट नेपाल देशले नगदै पनि आम्दानी गर्दै आएको छ। त्यो भनेको कार्बन व्यापार हो। वनजंगलका रुखपातले सोसेर कार्बन सञ्चित गरिदिएबापत यो देशले पैसा पाउँछ, अन्तर्राष्ट्रिय संस्थाबाट।

अब सन् २०२४ सम्म ४५ अर्ब रुपैयाँ कार्बन सञ्चित गरेबापत आम्दानी गर्ने यो देशको लक्ष्य छ। लक्ष्यअनुसार काम भए त्यो असम्भव छैन। विश्व तापमानको वृद्धि र हरितगृह ग्यास उत्सर्जन कम गर्न विश्वमा कार्बन सञ्चितिको अवधारणालाई अघि सारिएको छ। कार्बन सञ्चिति गर्ने एउटै प्राकृतिक माध्यम रुख, बिरुवा र वनस्पतिहरू हुन्। तिनको हेरचाह र संरक्षणमा नेपालले भूमिका खेल्दा कार्बन सञ्चितिमा योगदान पुगेको छ। त्यसबापत विश्व बैंकले नेपाललाई प्रतिटन कार्बन ५ डलर रुपैयाँ उपलब्ध गराउँछ। यस्तो सम्झौता नेपालले सन् २०२१ फेबु्रअरी २४ मा गरेको छ। २०१८ देखि २०२४ सम्म सञ्चित कार्बनको भुक्तानी विश्व बैंकले गर्ने सम्झौता हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)