सरकारी सेवामा अयोग्य सिफारिस खनियाँलाई नै उपकुलपति बनाउन जोडबल
ekantipur.com · Tue Feb 13 00:28:00 GMT 2024
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति छँदै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगबाट ‘भविष्यमा सरकारी सेवामा अयोग्य’ हुने गरी बर्खास्तको सिफारिसमा परेका तीर्थराज खनियाँ पुनः उपकुलपति बन्न सर्टलिस्टमा परेका छन् । ‘बौद्धिक चोरी’ को आरोप लाग्दालाग्दै त्रिविमा २०७२ भदौमा नियुक्त हुन सफल उनी २०७६ भदौमा थप विवादको भारी बोकेर उपकुलपतिबाट बिदाइ भएका थिए ।
तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले कांग्रेस कोटाबाट उपकुलपतिमा नियुक्त गरेका थिए । यतिबेला उनै खनियाँ प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालद्वारा गठित शिक्षामन्त्री अशोकुमार राई अध्यक्ष रहेको छनोट तथा सिफारिस समितिले ४३ जनामध्येबाट निकालेको १४ जनाको सर्टलिस्टमा अटाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)