मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँचथरमा बाढी : ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बगे 

ekantipur.com · Sun Jun 18 00:48:02 GMT 2023

पाँचथर — अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)