मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्ने देउवाको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

annapurnapost.com · Sat Jan 22 06:20:00 GMT 2022

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि छ’, शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ उनले संघीयता कार्यान्वयनलाई थप सुदृढ बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने बताए।

प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बिषयलाई आफूले विशेष प्राथमिकतामा राखेको बताए। उनले संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट विचाराधीन विषयहरूलाई निचोडमा पुर्‍याउने जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)