लुम्बिनी प्रदेश प्रमुखको विवादास्पद अभिव्यक्ति
ekantipur.com · Sat Nov 16 16:48:31 GMT 2024
बुटवल — लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले संघीय संरचनाप्रति विवादास्पद अभिव्यक्ति दिएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा उनले संघीय संरचनाले मुलुकलाई थेग्नै नसक्ने गरी आर्थिक भार थपेको भन्दै सांसद, मन्त्री, जिल्ला, प्रदेश र स्थानीय तहको संख्या घटाउनु पर्ने अभिव्यक्ति दिएका हुन् ।
अन्तर धार्मिक सद्भाव संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख घर्तीले तीन प्रदेश, ७५ जिल्ला र ५ सयसम्म स्थानीय तह बनाइनुपर्ने बताए । संघीय सांसद बढीमा १५० र मन्त्री १५ जना मात्र बनाउनु पर्ने उनको भनाइ छ । ‘७५ जिल्लालाई ७७ बनाइयो, जुन जरुरी नै छैन । नवलपरासीलाई फेरि सिंगो बनाएर गण्डकीमा र रुकुमलाई सिंगै लुम्बिनीमा राख्नुपर्छ,’ उनले भने, ‘रुकुम एकै जिल्ला हुँदा १ जना मात्र राष्ट्रिय नेता हुन्थे, टुक्रिएपछि २ राष्ट्रिय र ४ प्रदेश गरी ६ नेता जन्मिए, त्यसले स्रोतविहीन देशमा खर्च र सिंगो राजनीतिमै बितृष्णा बढायो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)