आइपिएलमा लखनउसँग दिल्ली क्यापिटल्स पराजित
kendrabindu.com · Sun Apr 02 00:25:16 GMT 2023
इन्डियन प्रिमियर लिग(आइपिएल) मा दोस्रो दिनको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सले जितेकाे छ । लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेकाे हाे ।
लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले १ सय ९४ रनको लक्ष्य दिएको थियो। दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सकेकाे हाे । दिल्लीका लागि कप्तान डेभिड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)