प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदान शुरु, प्रत्यक्षतर्फ ४९५ सिटका लागि ५६३५ उम्मेदवार प्रतिस्पर्धामा
abhiyandaily.com
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर एकैसाथ मतदान शुरु भएको छ । देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । देशभर १४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)