एटलेटिको मड्रिडको संघर्षपूर्ण जित
pahilopost.com · Thu May 13 00:42:37 GMT 2021
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिडले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली सोसिडाडमाथि २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो। उता सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो। खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोलगर्दै सोसिडाडलाई खेलमा फर्काउन चाहेका थिए। तर त्यसपछि अर्को गोल थप्न नसक्दा सोसिडाडले अंक खोस्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)