आईओएस २७ अपडेट: आदिवासीसहित थुप्रै नयाँ भाषा र सुधारिएको किबोर्ड सुविधा सार्वजनिक
techpana.com · Sat Jun 13 16:31:16 GMT 2026

काठमाडौँ । हालै सम्पन्न भएको ‘वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स’ (डब्लूडब्लूडीसी २०२६) मा धेरैको ध्यान नयाँ ‘सिरी एआई’ र एप्पल इन्टेलिजेन्स का सुधारमा केन्द्रित भयो । तर, एप्पलले आफ्नो आगामी सफ्टवेयर आईओएस २७ मार्फत विश्वभरका प्रयोगकर्ताका लागि अर्को एउटा महत्त्वपूर्ण उपहार ल्याएको छ । यस पटक कम्पनीले किबोर्ड सपोर्ट र विभिन्न भाषाहरूको प्रयोग गर्न सकिने क्षमतामा व्यापक सुधार गरेको छ ।
एप्पलले नयाँ किबोर्ड र टाइपिङको अनुभवलाई सहज बनाउन धेरै परिवर्तन गरेको छ । यी सुधारले जुनसुकै उपकरण प्रयोग गर्ने भए तापनि सबै एप्पल प्रयोगकर्तालाई प्रत्यक्ष फाइदा पुर्याउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)