‘स्ट्रेट अफ हर्मुज’ लाई सञ्चालन गर्न सैन्य अभियान ‘अवास्तविक’ : म्याक्रोँ
nepalnews.com · Thu Apr 02 18:04:47 GMT 2026

सियोल । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य आवागमनका लागि खुला गर्न सैन्य अभियान ‘अवास्तविक’ भएको बताएका छन् । दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोँले भने, “सैन्य कारबाहीमार्फत बलपूर्वक हर्मुज जलमार्गको सञ्चालनका लागि वकालत गर्नेहरू पनि छन्, जुन अडान कहिलेकाहीँ अमेरिकाले पनि व्यक्त गरेको छ।”
“यो हामीले छनौट गरेको विकल्प होइन र हामी यसलाई अवास्तविक मान्छौँ,” उनले भने । म्याक्रोँले यस्तो कारबाहीले अत्यधिक समय लिने र जलमार्ग पार गर्नेहरूलाई ‘तटीय खतरा’ हुने देखिएको बताए । “यो इरानसँग मिलेर मात्र गर्न सकिन्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)