मध्यरातमा डीआईजीको बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर
nepalpress.com · Thu Jun 23 00:13:24 GMT 2022
काठमाडौं। बुधबार राती नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ।
पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्। २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)